घटना समाचार

५ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ

बिज्ञापन

दाङ । दाङको लमहीबाट ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिज्ञापन

लमही नगरपालिका- ८ सतबरिया संघर्ष टोलका ५० वर्षीय जनकु चौधरीले बालिकामाथी करणी गरेको उजुरीको आधारमा प्रहरीले उनलाई शनिबार दिउँसो पक्राउ गरेको छ ।

जनकुले गत पुस ११ गते दिउँसो सोही ठाउँस्थित खोल्सामा लगि ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बिज्ञापन