राष्ट्रिय समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रायमाझीलाई आज अदालतमा पेस गरिँदै

बिज्ञापन

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीलाई आज अदालतमा पेस गरिँदैछ ।

बिज्ञापन

उनलाई आज अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौँजिल्ला अदालतमा पेस गर्ने काठमाडौँ प्रहरी परिसर स्रोतले जनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका पूर्वउपप्रधानमन्त्री रायमाझी आइतबार राति काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ परेका थिए ।

गत २० वैशाखमा अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रमबाट फर्किएर बुटवल आएका उनी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी जारी गरेपछि फरार भएका थिए । सोही साँझ उनका छोरा सन्दीप रायमाझीलाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको थियो । 

हालसम्म  शरणार्थी प्रकरणमा रायमाझीसँगै १३ जना पक्राउ परिसकेका छन् । जसमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, गिरोहका सदस्यहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मालगायत पक्राउ परिसकेका छन् ।

बिज्ञापन