घटना समाचार

टीकापुरमा लागु औषध सहित ४ जना पक्राउ

बिज्ञापन

टीकापुर ।  कैलालीको टीकापुरमा लागू औषध सहित चार जना पक्राउ परेका छन् । हिजो बेलुका टीकापुर नगरपालिका वडा नं. १ सतघरुवा स्थित प्रकाश चौधरीको घरमा लागु औषध (खैरो हेरोईन) को कारोबार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टीकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले ३ जनालाई पक्राउ गरेको हो । प्रहरीले प्रकाश चौधरीको घर कोठामा चेकजाँच गर्दा २८ वर्षका प्रकाश चौधरी, ज्योतीनगर बस्ने २७ वर्षका कृष्ण बराल र भजनी नगरपालिका वडा नं. ८ कृष्णनगर बस्ने २३ वर्षका रतन जैशीलाई लागू औषध सहित पक्राउ गरेको छ । 
उनीहरुको शरीर तथा कोठाभित्र खान तलासी गर्दा उनीहरु बसिरहेको खटियाको सिरानी मुनी प्लास्टिकको पोका थान १ (एक) र निज प्रकाश चौधरीको पर्स भित्र लुकाई छिपाई गरि राखेको निलो रङको प्लास्टिकको पोका थान १२ (बाह्र) गरि १ ग्राम २७० मिलिग्राम र प्लास्टिक बाहेक कुल तौल १ ग्राम ८० मिलिग्राम लागु औषध (खैरो हेरोईन) फेला परेको प्रह्ीले जनाएको छ । तीनै जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 
त्यस्तै, हिजै टीकापुर नगरपालिका वडा नं. १ स्थित विरेन्द्र विद्या मन्दिर उच्च माध्यामिक विद्यालयको खेल मैदान नजिक सडकखण्डमा शंकाष्पद रुपमा हिडिरहेको अवस्थामा अछाम विनायक पञ्चदेवल नगरपालिका वडा नं. ७ पुल्यतोला घर भई हाल टीकापुर नगरपलिका वडा नं. १ ज्योतीनगर स्थित कोठा गरि बस्ने १८ वर्षका धिरेन्द्र बटालालाई प्रहरीले लागू औषध सहित पक्राउ गरेको छ । बटालाको साथबाट प्लास्टिकको पोका थान १ २९० मिलिग्राम लागु औषध (खैरो हेरोईन) फेला पारेको प्रहरीले जानकारी दिएको छ ।

बिज्ञापन
बिज्ञापन