राष्ट्रिय समाचार

रेशमलाल चौधरीको मुद्दामा सुनुवाइ जारी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं, जेठ २ गते । सर्वोच्च अदालतमा कैलालीको टीकपुर घटनामा दोषी ठहर भएर जेलमा रहेका रेशमलाल चौधरीको मुद्दाको सुनुवाइ जारी रहेको छ ।

सर्वोच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइ जारी रहेको छ । 

बिज्ञापन

यसअघि सोमबार न्यायाधीशद्वय भट्टराई र सुवेदीको संयुक्त इजलासले उक्त मुद्दाको सुनुवाइ नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखेको थियो ।

कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलको फैसला त्रुटिपूर्ण भएको भन्दै चौधरीका तर्फबाट पुनरावेदन गरिएको थियो ।

वि.सं. २०७९ माघ २२ गते न्यायाधीशद्वय टङ्कबहादुर मोक्तान र मनोज शर्माको इजलासले प्रत्यर्थी झिकाउने आदेश गरेको थियो । हाल चौधरी डिल्लीबजार कारागारमा रहनुभएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।