टीकापुर हत्याकाण्ड : ७ वर्षपछि निर्दोष ठहरिएका सीताराम जेलबाट छुटे

कैलाली । टीकापुर घटनामा संलग्न भएको भन्दै कैलाली कारागारमा रहेका सीताराम चौधरी आज छुटेका छन् ।
सर्वोच्च अदालतले हिजो उनी निर्दोष रहेको ठहर गर्दै फैसला गरेपछि चौधरी बुधबार रिहा भएका हुन् ।

२०७२ भदौ ७ गते भएको टीकापुर घटनालाई लिएर चौधरीलाई २०७३ वैशाख २७ गते प्रहरीले पक्राउ गरेको थियो ।
सीतारामसँगै गंगाराम चौधरीलाई पनि हिजो सर्वोच्चले निर्दोष ठहर गरेको थियो । उनी ७ वर्ष ६ दिन कारागार बसे । गंगा भने रिहा भएका छैनन् । टीकापुर घटना उनलाई सर्वोच्चले निर्दोष ठहर गरेपछि उनीविरुद्ध अर्को ज्यानसम्बन्धी मुद्दा भएका कारण उनी रिहा नभएको कारागार प्रशासनले जनाएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
