डिजेलको मूल्य घटेसँगै घट्यो लामो दूरीको सवारी भाडा
लोक कल्याणकारी विज्ञापन

काठमाडौँ– इन्धनको मूल्य घटेसँगै सरकारले लामो दूरीको सवारी भाडा घटाएको छ ।
लोक कल्याणकारी विज्ञापन

नेपाल आयल निगमले मंगलबार राति १२ बजेबाट लागु हुनेगरी डिजेलको मूल्य प्रतिलिटर १७ रूपैयाँ घटाइएको थियो ।
लोक कल्याणकारी विज्ञापन

डिजेलको मूल्य घटाएपछि स्वचालित प्रणालीबाट मूल्य समायोजन भएको हो ।
बिज्ञापन

यससँगै यात्रुवाहक सवारीमा ३ दशमलव २० प्रतिशतले घटेको छ ।
त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ४ दशमलव १९ प्रतिशतले भाडा घटेको छ ।
तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भने ४ दशमलव ६५ प्रतिशतले भाडा घटेको बताइएको छ ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

