सुदूरपश्चिम प्रदेश

पूर्व राजा परिवारसहित धनगढी आउदै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । पूर्व राजा ज्ञानेन्द्र शाह धनगढी आउने कार्यक्रम फेरि तय भएको छ।

शुक्रवार पत्रकार सम्मेलन गर्दै पूर्व राजाको धनगढी आउने कार्यक्रम स्थगित भएको बताइएको थियो।

बिज्ञापन

शुक्रवार पत्रकार सम्मेलन गर्दै पूर्व राजाको निर्धारित सुदूरपश्चिम भ्रमण स्थगित भएको जनाएको नागरिक अभिनन्दन मूल समारोह समितिले फेरि पूर्व राजाले सुदूरपश्चिम भ्रमण गर्ने जनाएको छ। पूर्व राजपरिवार ७ गते धनगढी पुग्ने र ८ गते नागरिक अभिनन्दन गरिने आयोजकले जनाएको छ। पूर्व राजाको नागरिक अभिनन्दन ८ गते सोमवार दिउँसो ३ बजे धनगढी रङ्गशाला अर्थात् कभर्ड हलमा हुनेछ।

यसअघि जेठ ६ गते धनगढी रङ्गशालामा पूर्वराजाको नागरिक अभिनन्दन कार्यक्रम हुने तय भएको थियो। तर, नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्द र आन्दोलन घोषणा गरेकाले भ्रमण स्थगित भएको थियो।

आयोजकले राजपरिवार सडक मार्ग हुँदै आइतवार नै धनगढी पुग्ने र सोमवार नागरिक अभिनन्दन गर्ने तयारी थालेको जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।