घटना समाचार

एक महिलाले गरिन् आफैंले आगो लगाएर आत्महत्या

बिज्ञापन

काठमाडौं । काठमाडौंमा एक जना महिलाले शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार रामेछाप घर भई काठमाडौं चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँ बस्दै आएकी ३६ वर्षीय शान्ति श्रेष्ठले बगो लगाएर आत्महत्या गरेको हो ।

बिज्ञापन

प्रहरीका अनुसार श्रेष्ठले शुक्रबार दिउँसो पौने ३ बजेको समयमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् । शरीरमा आगो लागेपछि छटपटिंदै कोठा अगाडिको सडकमा आएपछि स्थानीय र प्रहरीले उद्धार गरेका थिए ।

प्रहरीले जनाए अनुसार अचेत अवस्थामा उद्धार गरिएकी उनको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा आज बिहान तीन बजेर २० मिनेट जाँदा मृत्यु भएको हो । घटना के कति कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको छ ।

बिज्ञापन