राष्ट्रिय समाचार

नक्कली शरणार्थी प्रकरणः को-को छन् फरार सूचीमा ?

बिज्ञापन

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा प्रहरीले आज सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा ३० जनालाई प्रतिवादी बनाउन सुझाइएको छ, जसमध्ये १४ जना फरार छन् ।

बिज्ञापन

पक्राउ परेका १६ जना र फरारसहित सबै ३० जनामाथि संगठित अपराध ठगी र राज्यविरुद्धको अपराधमा मुद्दा दायर गर्न प्रहरीले सिफारिस गरेको स्रोतले बतायो ।

फरार १४ जनामध्ये प्रतीक थापा र निरज राई हाइप्रोफाइल हुन् भने अन्य आमव्यक्तिहरु रहेका छन् । प्रतीक तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा हुन् । बादलकै सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा हुन् निरज । पक्राउ पुर्जी जारी भएपछि उनीहरु दुवैजना फरार थिए ।

अन्य फरार अभियुक्तहरूमा केशव तुलाधार, अशोक पोखरेल, लक्ष्मी महर्जन, धीरेन राई, मोहन राई, दीपा हुमागाईं, सुनिल बुढाथोकी, विनिता लिम्बू, निरञ्जन खरेल, राजेश अर्याल, हरिभक्त महर्जन, आशिष बुढाथोकी रहेका छन् । उनीहरूमध्ये अशोक पोखरेल अमेरिकामा रहेको प्रहरीले पत्ता लगाएको छ ।

बिज्ञापन