सुदूरपश्चिम प्रदेश

साँफे मार्तडी सडक मर्मत सुरु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बाजुरा, जेठ ८ गते । अविरल वर्षाका कारण भत्किएको साँफे मार्तडी सडक बनाउन सुरु भएको छ । बाढी पहिरोले भत्किएको साँफे मार्तडी सडकअन्तर्गत बार्जुगाड सेराबजार बल्दे अम्कोट तीपाडा लगायतका ठाउँका सडक मर्मत सुरु गरिएको हो । 

साँफेमा मार्तडी राजमार्गअन्तर्गत पर्ने बल्दे अम्कोट सडक बाहेक बार्जुगाड, सेरा, तीपाडा र पानी नाउँला लगायतका ठाउँमा यतीबेला मर्मत हुन थालेको सडक डिभिजन कार्यालय अछामले जनाएको छ । 

बिज्ञापन

भत्किएको सडक मर्मतको काम तीव्र रूपमा भइरहेको सडक डिभिजन कार्यालय अछामका सुपरभाइजर गोकुल गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, “साँफे मार्तडी राजमार्गअन्तर्गत पर्ने बाजुर्गाडमा डोजरले सडक मर्मत गर्दै जाने र वर्षात लागेको बेला फेरी भत्किँदै आएपछि सडक मर्मतको काममा ढिलाइ भएको हो ।”

पछिल्लो समयमा वर्षा रोकिएपछि त्यो ठाउँमा सडक मर्मत कार्य अन्तिम चरणमा पुगेको छ । बल्दे अम्कोटमा भने त्यो ठाउँको माटो परीक्षणका लागि माथि पठाइएको र त्यसको रिपोट अहिलेसम्म नआइपुगेकोले सडक मर्मत हुन समय लाग्ने सुपरभाइजर गिरीले बताउनुभयो ।

साँफे मार्तडी सडक मर्मतका लागि गत आर्थिक वर्ष २०७९/०८० मा ७ करोड रुपियाँ विनियोजन भएपछि सडक मर्मत कार्य सुरु भएको सडक डिभिजन कार्यालय अछामले जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।