राष्ट्रिय समाचार

कामीरिताको नयाँ कीर्तिमान : २८औं पटक सगरमाथाकाे सफल आरोहण

बिज्ञापन

काठमाडौं । विश्व कीर्तिमानी सगरमाथा आरोही कामीरिता शेर्पा २८ औं पटक सगरमाथा आरोहण गरेका छन् ।

बिज्ञापन

सोलुखुम्बु पाङबोचेका पासाङ दावा शेर्पाले २७ औं पटक सगरमाथा चढेर आफ्नो कीर्तिमानसँग बराबरी गरेपछि कामीरिता मंगलबार बिहान २८ औं पटक सर्वोच्च शिखर सगरमाथा पुगेका हुन् ।

कामिरिता आज आज बिहान ९ बजेर २३ मिनेटमा २८औँ पटक सगरमाथाको चुचुरोमा पुग्न सफल भएको सेभेन समिट ट्रेक्सले जनाएको छ । उनी एकै साता दुईपटक सगरमाथ आरोहण गर्न सफल भएका हुन् । यसअघि २०१९ मा पनि एक हप्तामा दुई पटक (२३ औ र २४ औ पटक) सगरमाथाको सफल आरोहण गर्न सफल भएका थिए ।

बिज्ञापन