राष्ट्रिय समाचार

भारत भ्रमणमा जाने प्रधानमन्त्रीको तयारी

बिज्ञापन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणमा जाने तयारी गरेका छन् । उनले प्रतिनिधिसभामा बजेट प्रस्तुत भइसकेपछि जेठ १७ देखि २० सम्म भारत भ्रमणमा निस्किने तयारी गरेका हुन् ।

बिज्ञापन

त्यसका लागि परराष्ट्र मन्त्रालयले आवश्यक तयारी गरिरहेको जनाएको छ । गएको पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड चैतमै भारत जाने तयारीमा थिए । तर, भारतीय प्रधानमन्त्रीको समय अभावका कारण सफल भएन । वैशाखमा भ्रमणको लागि पनि सरकारले तयारी गरेको थियो । तर, जेठमा मात्रै सम्भव हुन लागेको हो ।

स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते नयाँदिल्ली प्रस्थान गर्ने र सोही दिन उनलाई भारतका विदेशमन्त्री एस. जयशंकर र प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोबलले स्वागत गर्ने कार्यक्रम छ । जेठ १८ मा मोदी र दाहालबीच हैदराबाद हाउसमा भेटवार्ता हुनेछ ।

बिज्ञापन