राष्ट्रिय समाचार

प्रधानमन्त्रीको भारत भ्रमण- ऊर्जादेखि सीमा समस्यासम्मका एजेण्डा, सानो प्रतिनिधिमण्डलमात्रै जाने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको अन्तिम तयारीमा रहेको बताएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा को-को जाने भन्ने अहिलेसम्म नटुंगिएको जानकारी दिइन् ।

उनले भनिन्, ‘विषयहरू मन्त्रालयहरूले तयारी गररहेका छन् । अन्तिम चरणमा पुगिसकेको छ । ऊर्जासँगै सीमा समस्याको कुरा पनि छन् । ती विषयमा छलफल भइरहेका छन् औपचारिक निर्णय भइसकेको छैन ।’

बिज्ञापन

उनले भोलिको क्याबिनेटले एजेण्डाको अन्तिम टुंगो लगाउने बताइन् ।

शर्माले भनिन्, ‘जुनजुन क्षेत्रसँग सम्झौता हुन्छ त्यो क्षेत्रका मन्त्री वा सचिव जानुहुन्छ । यो प्रतिनिधि मण्डललाई ठुलो नबनाउने भन्नेछ । आवश्यक पर्नेहरू मात्रै जानुहुन्छ ।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।