घटना

ठगी आरोपमा हुलाकका हाकिम कुर्मी पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बारा, जेठ १४ गते । जिल्ला हुलाक कार्यालय बाराका निमित्त प्रमुख बलिरामप्रसाद कुर्मी पक्राउ परेका छन् ।

हुलाक बचत बैङ्क कलैयामा विभिन्न व्यक्तिका खाता रहेको करिब रु दुई करोड रकम ठगी गरेको उजुरीका आधारमा कुर्मीलाई पक्राउ गरिएको बारा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुरुषोत्तम सिंह पाण्डेयले जानकारी दिनुभयो ।

बिज्ञापन

पर्सा, बहुदारमाई गाउँपालिका–२ बस्ने कुर्मीले देवताल गाउँपालिका –४ टोल पिप्राढी निवासी ५५ वर्षीय प्रदीपकुमार चौधरीको खाताबाट ३५ लाख ५० हजार पाँच सय २६ र उहाँकी पत्नीको खाताबाट रु २१ लख ५३ हजार आठ सय ८५ गरी रु ५७ लाख चार हजार चार सय ११ हिनामिना गरेको उनीहरूको आरोप छ ।

कुर्मीले उनीहरूसहित १३ जना बचतकर्ताको रु एक करोड ९५ लाख ३४ हजार नौ सय ६६ आफ्नो खातामा ट्रान्सफर गरी हुलाकको खाता शून्य बनाइ सो रकम हिनामिना गरेको आरोपमा महागढीमाई नगरपालिका –२ बरियापुरका ज्ञानप्रकाश रौनियारसहित १३ जनाले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् । 

जिल्ला प्रहरी कार्यालयले हुलाकका निमित्त प्रमुख कुर्मीमाथि अनुसन्धान गर्न जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान गरिरहेको प्रवक्ता पाण्डेयले भन्नुभयो । रासस

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।