रेशमलाई आममाफी दिने तयारीविरुद्ध टीकापुरमा मारिएका इन्सपेक्टरकी श्रीमती सर्वोच्चमा

काठमाडौं । टीकापुर हत्याकान्डमा तीनवटै तहका अदातलबाट दोषी ठहर भएका रेशम चौधरीलाई आम माफी दिने तयारीविरुद्ध मृतककी श्रीमतीले रिट दिएकी छिन् । उक्त घटनामा मारिएका इन्सपेक्टर केशव बोहराकी पत्नी शारदा कडायत रिट लिएर सर्वोच्च पुगेकी हुन् ।
दर्ताका लागि रिटको अध्ययन भइरहेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

गणतन्त्र दिवसका दिन पारेर सोमबार चौधरीलाई आममाफी दिन आजको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ ।
चौधरीलाई जन्मकैदको सजाय गर्ने जिल्ला र उच्च अदालतको फैसलालाई केही दिनअघि सर्वोच्च अदालतले पनि सदर गरेको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
