राष्ट्रिय समाचार

रेशम चौधरीसहित १९ जनालाई आममाफी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीसहित १९ जनालाई कैद सजाय माफी दिएका छन् । आइतबार मन्त्रिपरिषद्को सिफारिसमा रेशम चौधरीको कैद सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

गणतन्त्र दिवसको अवसरमा आइतबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २७६ तथा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७९ र ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम सरकारको सिफारिसमा रेशम चौधरीलगायत १९ जनालाई आममाफी र ४८२ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद सजाय माफी गरेका छन् । सजाय माफी पाएकाहरू सोमबार गणतन्त्र दिवशको अवसरमा रिहा हुनेछन् ।

बिज्ञापन

दफा ३७ मा ५० प्रतिशत कैद भुक्तान गरेका र चालचलनमा सुधार आएका कैदीको सजाय माफी दिन सक्ने व्यवस्था छ ।
रेशम चौधरी २०७२ साल भदौमा कैलालीको टिकापुरमा थरुहट आन्दोलनका क्रममा ७ जना सुरक्षाकर्र्मी एक नाबालकसहित ८ जनाको मृत्यु भएको घटनामा चोधरी जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।