राष्ट्रिय समाचार

रेशम चौधरीविरुद्धको मुद्दा भट्टराईको इजलासमा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले राष्ट्रपतिबाट पाएको आममाफीविरुद्ध परेको रिटमा आज सुनुवाई हुँदैछ ।

लोक कल्याणकारी विज्ञापन

टिकापुर हत्याकाण्डमा दोषी ठहर भई सजाय कटाइरहेको रेशमलाई गणतन्त्र दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए ।

लोक कल्याणकारी विज्ञापन

उक्त आममाफीविरुद्ध सर्वोच्चमा परेको रिट निवेदन न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा परेको छ । पेशी २५ औँ नम्बरमा रहेकाले आज सुनुवाइ हुने सम्भावना भने कम छ ।

बिज्ञापन

घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहरा कडायतले आइतबार दर्ता गराएको रिट निवेदन सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको हो ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन