घटना

छ जिल्लामा छ जना मृत फेला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं : देशका विभिन्न छ जिल्लामा छ जना मृत फेला परेका छन्।

काठमाडौं महानगरपालिका-२९ अनामनगर भाटभटेनीस्थित लिब्रेटी कलेजको भवनभित्र रहेको इनारमा उक्त कलेजमा काम गर्ने भक्तपुर, भक्तपुर नगरपालिका-५ भेलुखेत घर भई हाल काठमाडौं टेकु बस्ने ४० वर्षीय राम देउला मंगलबार मृत अवस्थामा फेला परेका छन्।

बिज्ञापन

झापा, दमक नगरपालिका-१ बरगाछी टोल बस्ने ६४ वर्षीय भिम बहादुर एक्तेन सोही ठाउँस्थित आँखा शिविर अस्पताल अगाडि मंगलबार मृत अवस्थामा फेला परेका छन्।

चितवन, भरतपुर महानगरपालिका-१८ डाँडागाउँ भन्ने स्थानमा रहेको पुल मुनी सोही ठाउँ बस्ने ४५ वर्षीय बिक्रम गुरुङ बुधबार मृत अवस्थामा फेला परेका छन्।

रूपन्देही, बुटवल उपमहानगरपालिका-५ तिनाउ पुलस्थित खोलामा सोही उपमहानगरपालिका-१२ पार्वती नगर बस्ने बिष्णु दमाईकी छोरी ५ वर्षीया रिदिमा परियार मंगलबार मृत अवस्थामा फेला परेकी छिन्।

मोरङ, बुढिगंगा गाउँपालिका-५ डिप्पु टोलस्थित बुढी खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन्।

कैलाली, धनगढी उपमहानगरपालिका-१७ पथरीस्थित शिवगंगा नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन्।  घटनाका बारेमा अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।