घटना

दुई नाबालक छोरालाई विष खुवाएर आमाले पनि गरिन् आत्महत्या प्रयास, एक छोराको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

हेटौंडा । मकवानपुरको हेटौंडामा एक महिलाले आफ्नो दुईजना नाबालक छोरालाई विष खुवाएर आफूले पनि आत्महत्याको प्रयास गरेकी छिन् । हिजो बुधबार साँझ स्थानीय बाबुराम वाईवाकी ३६ वर्षीया श्रीमती सोनी पाख्रिनले आफ्नै छोरा ७ वर्षीय अस्किन वाईवा र १८ महिने छोरा जेनिस वाईवासहित प्यारा क्वाईट डाइक्लोराईड नामक झार मार्ने विषादी सेवन गरेकी थिइन् ।

जसका कारण नाबालक छोरा जेनिसको आज बिहान उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुर, चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

बिज्ञापन

उनका अनुसार विषादी सेवनबाट गम्भीर बिरामी भएका उनीहरुलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको थियो । यहाँ उपचार सम्भव नहुने देखिएपछि गएराति नै उनीहरुलाई चितवन पठाइएको थियो । अहिले सोनी र उनका ७ वर्षीय छोरा अस्किनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । प्रहरीका अनुसार सोनीको अवस्था गम्भीर रहेको छ ।

विष सेवन गर्नुको कारण नखुलेको र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको बताएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।