सुदूरपश्चिममा सडक यातायातको नयाँ भाडादर कायम

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले सडक यातायातको नयाँ भाडा दर कायम गरेको छ।
प्रदेश सरकारले सुदूरपश्चिमका विभिन्न सडक रुटको नयाँ भाडा दर सार्वजनिक गरेको हो। प्रदेश राजपत्रमा भाडादर प्रकाशित गर्दै बिहिवारदेखि लागु गरिएको छ।


प्रदेश राजपत्रमा प्रकाशित गरिएको भाडा दरअनुसार टीकापुर–बैतडीको भाडा १०११, टीकापुर–साँफेबगरको भाडा १२३६, चुनेपानी–डडेल्धुराको भाडा ४२३, टीकापुर–सिलगढीको भाडा ९४२ कामय गरिएको छ।
यस्तै डडेल्धुरा–बैतडीको भाडा २५९ रुपैयाँ, डडेल्धुरा–खोड्पेको भाडा १३२, धनगढी–चिसापानीको भाडा २८१, धनगढी–चुनेपानीको भाडा ५७, धनगढी–चैनपुरको भाडा १०४१ रुपैया कायम गरिएको छ।

धनगढी–डडेल्धुराको भाडा ४८०, धनगढी–टीकापुरको भाडा २९४, धनगढी–डडेल्धुरा–साँफेबगरको भाडा ९५७, धनगढी–महेन्द्रनगरको १५९ रुपैयाँ भाडा दर कमय गरिएको छ। धनगढी–साँफेबगरको ९३९, धनगढी–सिलगढीको भाडा ६९७, धनगढी–सुखड–भजनीको भाडा २४२, महेन्द्रनगर–अत्तरिया–साँफेबगरको भाडा १०२३ कामय गरिएको हो।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.