सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा आन्दोलनकारीले आज प्रदेश सभा घेराउ गर्ने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी-  सुदूरपश्चिम प्रदेशमा  कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै गरिएको आमहड्ताल खुलेको हो।

लोक कल्याणकारी विज्ञापन

सुदूरपश्चिम प्रदेशमा आइतवार बिहान ८ देखि साँझ ६ बजेसम्म आमहड्ताल गरिएको थियो। प्रहरीका अनुसार प्रदेशमा आमहड्ताल शान्तिपूर्ण भएको छ।

लोक कल्याणकारी विज्ञापन

विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले आज पनि आफ्नो आन्दोलनलाई निरन्तरता दिने बताएको छ । संघर्ष समितिका संयोजक लोकराज पाण्डेका अनुसार सोमबार बन्दका कार्यक्रम नरहे पनि  सुदूरपश्चिम प्रदेश सभा घेराउको कार्यक्रम रहेको बताएका छन्।

बिज्ञापन

२०७९ साल माघ २९ गतेको मन्त्रीपरिषद् बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । तर, सरकारले १०० शय्याको अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भन्दै बजेट विनियोजन गरेपछि सुदूरपश्चिममा आन्दोलन सुरु गरिएको छ ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन