सुदूरपश्चिम प्रदेश

मासिदैँछ घोडाघोडी तालको कमल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

घोडाघोडी (कैलाली), जेठ २९ गते । विश्व रामसार क्षेत्र घोडाघोडी ताल यतिखेर कमलफूलले ढकमक्क ढाकिनुपर्ने हो । वैशाख अन्तिमदेखि फुल्न सुरु गर्ने कमलको फूलले घोडाघोडी ताल घुम्टो भित्रको दुलहीजस्तै शृङ्गार्ने गर्दथ्यो । तर अहिले अनियन्त्रित कमलको फूल, फल टिप्ने प्रवृत्ति बढेपछि कमलको पात र फूल मासिन थालेको छ ।  

तालको छेउछाउमा मानिसहरू ट्युबको डुंगा बनाएर कमलको पात, फूल र फल टिप्ने गर्छन् । तालको रेखदेखका लागि घोडाघोडी संरक्षण तथा जनजागरण मञ्चले पर्यटकबाट टिकट लिएर भित्र जाने व्यवस्था गरे पनि अनियन्त्रित तालमा कमल निकासी भने रोकिएको छैन । घोडाघोडी मन्दिर गुरुकुलका प्राचार्य शङ्कर संज्यालले कमलको फूल, फलको धार्मिक तथा प्राकृतिक महत्त्व रहेको बताउँदै यसको अनियन्त्रित निकासीले पर्यावरणमा असर पुग्ने बताउनुभयो । 

बिज्ञापन

घोडाघोडीमा हरेक वर्ष मगर गोहीको सङ्ख्या बढ्दैगएको छ । केही वर्षअघि घोडाघोडी तालमा नुहाउने क्रममा एकजना बालकलाई गोहीले आक्रमण गरी मारेकाले पनि घोडाघोडी तालभित्र कमलको फुल, फल टिप्न जाने कार्य जोखिम रहेको छ । कमलको फललाई कलकत्ता भनिन्छ र खानाका लागि निकै मिठो मानिने भएकाले पनि जोखिम मोलेर टिप्ने गरेको पाइन्छ । 

स्थानीय विमला पौडेलले नजिकभन्दा पनि टाढा गाउँका मानिस कमलको पात, फुल र कलकत्ता टिपेर लैजाने गरेको बताउनुभयो । उहाँले विगतभन्दा अहिले तालमा कमल फूल कम हुँदैगएको बताउँदै  नियन्त्रण गर्ने निकाय कोही नभएको बताउनुभयो । स्थानीयहरू मलदाग्दी तालमा पात र फूल टिप्नेगरेको र त्यसरी पात र फूल टिप्न टाढाबाट समेत मान्छे आउनेगरेको स्थानीयको बुझाइ छ ।

चरा अभय आरक्षण क्षेत्रको रूपमा रहेको घोडाघोडी तालभित्र फुलेको कमल फूल, पातमा बसेर रमाएको चराको मनै लोभ्याउने दृश्यले घोडाघोडी ताल क्षेत्र पुग्ने जो कोही पर्यटक केही समय घोडाघोडीमा रोकिने गरेका छन् । तर अहिले कमल पात र फूल मासिँदै गएपछि तालको मनमोहक दृश्य कमजोर बन्दैगएको स्थानीयको बझाइ छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।