बिश्व

रिहा भए अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । मंगलबार पक्राउ परेका अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प रिहा भएका छन् । गत शुक्रबार ह्वाइट हाउस छाड्ने बेला ट्रम्पले गोप्य कागजात चुहावट गरेको सहित ३७ वटा मुद्दा दायर भएपछि उनी मंगलबार अदालतबाटै पक्राउ परेका थिए ।

४९ पृष्ठ लामो अभियोगमा सुरक्षालाई खतरामा पार्ने, आणविक र रक्षा गोप्य फाइलहरू गलत रूपमा राखेको आरोप उनीविरुद्ध छन् । सोही मुद्दामा मंगलबार सुनुवाइका लागि उनी अमेरिकी मियामी अदालतमा उपस्थित भएका थिए ।

बिज्ञापन

मियामीको डाउनटाउनको संघीय अदालतको १३ औँ तलामा उपस्थित उनलाई त्यहीँ प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यहाँ प्रहरीले उनको फिङ्गरप्रिन्ट लिई अदालतमा उपस्थित गराएको थियो। nअदालतमा ट्रम्पका वकिल टोड ब्लान्चेले १५ मिनेटसम्म ट्रम्प ३७ वटै मुद्दामा दोषी नभएको दलिल पेस गरे ।

सुनुवाइपछि न्यायाधीश जोनथन गुडम्यानले ट्रम्पलाई निःशर्त बाहिरिन अनुमति दिए । तर न्यायाधीशले ट्रम्पलाई आफ्ना सहयोगी वाल्ट नाटासँग कुनै सम्पर्क नगर्न आदेश दिए । उक्त मुद्दामा नाटालाई पनि प्रतिवादी बनाइएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।