प्रवास

भारतको वापीमा नेपाली महिलाको घाटी रेटेर हत्या,बालात्कार गरेर हत्या गरेको आशंका

बिज्ञापन

वापी, ३१ जेठ । भारतको गुजरात राज्यको वापीमा एकजना नेपाली महिलाको घाटी रेटेर हत्या गरिएको छ ।

बिज्ञापन

मालिका समाचारलाई प्राप्त समाचार अनुसार नेपालमा डोटी जिल्ला, शिखर नगरपालिका वडा नं. ६, सुर्काल घरभई हाल भारतको गुजरात राज्यको वापीको छरवाडा स्थित गुरुकृपा बिल्डिङमा करिव ४ महिनादेखि कोठा भाडामा लिएर आफ्नो श्रीमान अर्जुन पार्कीसंग बस्दै आएकी २५ वर्षिया लक्ष्मी पार्कीको हिजो राति मंगलबारका दिन अज्ञात व्यक्तिहरुले घाँटी रेटेर हत्या गरेको गुजरात प्रहरी बताएको छ । मृतकका श्रीमान सधैं झै वापीदेखि १६÷१७ किलो मिटर टाढा एउटा होटेलमा नौकरी गर्न जाने गर्थे । मृतकको दुईटै हातमा निला डाम परेको छ, अनुहारमा नङले कोतरेको निसान छ साथै गोप्य अंग नजिकै ब्लेडले लगाएको पैजामा काटेर बलात्कार गरि हत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ ।

मृतककी दुई वटी सानी २ वर्ष र ४ वर्षकी छोरीहरु रहेका छ्न । चार वर्षकी छोरीको भनाईलाई आधार मानेर गुजरात प्रहरीले दुई जना भारतिय नागरिकलाई पक्राउ गरेको छ, ती दुइटै भारतिय भैया भएको खुलासा भएको छ । घटना हिजो राति करिब २ देखि ४ बजेको बीच भएको अनुमान गरिएको छ ।

प्रवासमा प्रवासी नेपालीहरुको हक÷हितमा काम गर्दै आएको संगठन प्रवासी नेपाली संघ भारत तुरुन्त घटना स्थलमा पुगेर प्रशासनसंग निरन्तर सम्पर्कगरि हत्यारालाई कडाभन्दा कडा कारवाहीको लागि माग गरिरहेको छ र पिडित परिवार लाई न्याय दिलाउन कोशिसगरि रहेको समाचार मालिका समाचारलाई प्राप्त भएको छ ।

बिज्ञापन