खोलाले बगाएर सब इन्जिनियर राईको मृत्यु

काठमाडौं । भोजपुरको टेम्केमैयुङ गाउँपालिका ९ गोगन स्थित राउते खोलाले बगाएर सब इन्जिनियर मन्दिप राईको मृत्यु भएको छ ।
बुधवार परेको वर्षाका कारण गोगने–लेर्खक जोड्ने सडक खण्ड अन्तर्गत राउते खोलामा निर्माणाधीन पक्की पुलको पानी कटान गर्ने क्रममा बुधवार राती १२ बजे राईलाई खोलाले बगाएको हो ।

वर्षाले पुलको जग र ढलान बगाउने भएपछि जोगाउन एक्स्काभेटर काम गर्दै गर्दा एक्कासि खोला बडेपछि खोला तर्न खोज्दा राईलाई बगाएको प्रहरीको भनाइ छ ।
एक्स्काभेटर चालक सम्राट केसी तत्काल हाम फालेर सुरक्षित स्थानमा गएका थिए । राई भने हाम फाल्न नसके पछि खोलामा बगेको केसीको भनाइ छ ।
घटना लगतै प्रहरी चौकी पान्धारे र कोटबाट खटिएको प्रहरी टोली र स्थानीयले खोजी गरी उनलाई बिहीबार बिहान साढे ६ बजे मृत अवस्थामा बाढीले बगाएको ठाउँभन्दा तीन किलोमिटर तल आधा पुरिएको अवस्थामा भेटेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
