घटना समाचार

खोलाले बगाएर सब इन्जिनियर राईको मृत्यु

बिज्ञापन

काठमाडौं । भोजपुरको टेम्केमैयुङ गाउँपालिका ९ गोगन स्थित राउते खोलाले बगाएर सब इन्जिनियर मन्दिप राईको मृत्यु भएको छ ।

बिज्ञापन

बुधवार परेको वर्षाका कारण गोगने–लेर्खक जोड्ने सडक खण्ड अन्तर्गत राउते खोलामा निर्माणाधीन पक्की पुलको पानी कटान गर्ने क्रममा बुधवार राती १२ बजे राईलाई खोलाले बगाएको हो ।

वर्षाले पुलको जग र ढलान बगाउने भएपछि जोगाउन एक्स्काभेटर काम गर्दै गर्दा एक्कासि खोला बडेपछि खोला तर्न खोज्दा राईलाई बगाएको प्रहरीको भनाइ छ ।

एक्स्काभेटर चालक सम्राट केसी तत्काल हाम फालेर सुरक्षित स्थानमा गएका थिए । राई भने हाम फाल्न नसके पछि खोलामा बगेको केसीको भनाइ छ ।

घटना लगतै प्रहरी चौकी पान्धारे र कोटबाट खटिएको प्रहरी टोली र स्थानीयले खोजी गरी उनलाई बिहीबार बिहान साढे ६ बजे मृत अवस्थामा बाढीले बगाएको ठाउँभन्दा तीन किलोमिटर तल आधा पुरिएको अवस्थामा भेटेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

बिज्ञापन