नक्कली शरणार्थी प्रकरण : आज जवाफी बहस र आदेश

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा आजबाट जवाफी बहस सुरु हुने भएको छ । यस प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्ततर्फका वकिलको बहस सकिएसँगै आज सरकारी वकिलले जवाफी बहस गर्नेभएका हुन् ।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँका प्रमुख अच्यूतमणि न्यौपानेसहितका चार जना अधिवक्ताले आज जवाफी बहस गर्नेछन् ।

जवाफी बस आज दिउँसो २ बजेभित्र नै सक्ने तयारी गरिएको छ। त्यसपछि आजनै नै अभियुक्तहरूलाई थुनामा पठाउने/नपठाउने आदेश हुने जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले बताएका छन् ।
बिहीबार भुटानी शरणार्थी नेता टेकनाथ रिजाल तथा ललितपुरका हरिभक्त महर्जन र लक्ष्मी महर्जनको पक्षमा वकिलहरुले बहस गरेका थिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
