जलवायु

बाढीले मोटरेबल पुल र घर बगायो, बस्ती जोखिममा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

ताप्लेजुङ : ताप्लेजुङको प्र्वीको क्षेत्र सिदिङवा र सिरिजंगा गाउँपालिकामा तिन दिन देखि परेको वर्षापछि काबेली खोलामा आएको बाढीले पुल,घरमा क्षति पुर्‍याएको छ।

बुधबार देखि परेको वर्षाले मोटरेवल पुल, झोलुङगेपुल भत्काएको छ भने घरसहित पशु चौपाया समेत बगाएको सिदिङवा गाउँपालिका १ सुरुमखिमका वडा सदस्य राजकुमार इम्वुङले बताए। इम्बुङका अनुसार सुरुमखिम – खेवाङ – याम्फुदिन जोड्ने तावा खोलाको मोटरेवल पुल भत्काएको छ।

बिज्ञापन

कावेली नदीमा आएको बाढीले जगत बहादुर राईको घर पुरेको छभने कञ्चनजङ्घा माध्यमिक विद्यालय, याम्फुदिन प्रहरी चौकी कञ्चनजङ्घा संरक्षण क्षेत्र, स्वास्थ्य चौकीको भवन जोखिममा छन्। 

विद्यालय र प्रहरी चौकीको नजिकै खोलाले कटान गरिरहेकोले बिहान स्थानीयले विद्यालयको सामान सारिरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का सदस्य सचिव मनकुमार राईले बताए।

तारामान गुरुङ, अशोक गुरुङ, मणी कुमार राई, तार्सदिप गुरुङ, रामकुमार राई, सोमबहादुर राईका घर जोखिममा रहेको स्थानीयले बताएका छन्। बिहीबार बेलुका यो क्षेत्रमा सामान्य वर्षा भएपनि राति १० बजेको समयमा खोलामा आएको बाढीले क्षति पुर्‍याएको राई बताए। 

कावेली हाइड्रो पावरको गोदाम बगाउँदा करोडौँ रुपैंया बराबरको क्षति भएको छ । खेवाङतर्फ आउने झोलुङ्गे पुलपनि आधा ढलेकाले मानिसको आवतजावतमा समेत समस्या हुन थालेको छ।

सिदिङवा १ सुरुमखिमका विद्यालय आइतबार सम्मकालागि बन्द गरिएको वालकल्याण माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विदुर गुरुङले जानकारी दिए। आज शुक्रवार विहान पनि वर्षा भइरहेको छ। 

सदरमुकाम फुङलिङवाट यात्रु लिन गएका दर्जनौँ सवारी साधन गाउँमै रोकिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।