राष्ट्रिय समाचार

नक्कली शरणार्थी प्रकरण : आज जवाफी बहस र आदेश

बिज्ञापन

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा आजबाट जवाफी बहस सुरु हुने भएको छ । यस प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्ततर्फका वकिलको बहस सकिएसँगै आज सरकारी वकिलले जवाफी बहस गर्नेभएका हुन् ।

बिज्ञापन

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँका प्रमुख अच्यूतमणि न्यौपानेसहितका चार जना अधिवक्ताले आज जवाफी बहस गर्नेछन् ।

जवाफी बस आज दिउँसो २ बजेभित्र नै सक्ने तयारी गरिएको छ। त्यसपछि आजनै नै अभियुक्तहरूलाई थुनामा पठाउने/नपठाउने आदेश हुने जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले बताएका छन् ।

बिहीबार भुटानी शरणार्थी नेता टेकनाथ रिजाल तथा ललितपुरका हरिभक्त महर्जन र लक्ष्मी महर्जनको पक्षमा वकिलहरुले बहस गरेका थिए ।

बिज्ञापन