खेलकुद

आईसीसी एकदिवसीय विश्वकप छनाेट : नेपालले टेस्ट टोली जिम्बाबेसँग प्रतिस्पर्धा गर्दै

बिज्ञापन

काठमाडौं। आईसीसी एकदिवसीय विश्वकप छनाेट अन्तरगत नेपालले आफ्नाे पहिलाे खेल टेस्ट मान्यता प्राप्त राष्ट्रसँग क्रिकेट खेल्दैछ ।  हरारे स्पोर्ट्स क्लबमा नेपाली क्रिकेट टोलीले आज जिम्बाबेसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

बिज्ञापन

टेस्ट मान्यता प्राप्त जिम्बाबेसँग याे पहिल प्रतिस्पर्धा हाे । नेपालले यसअघि जिम्बाब्वविरुद्ध ५० ओभरको एकमात्र खेल खेलेको थियो ।

लिस्ट ‘ए’ मान्यता रहेको उक्त खेलमा नेपाल ११६ रनले पराजित भएको थियो ।

आइसिसी एकदिवसीय विश्वकप छनोट २०२३ अन्तर्गत पहिलो खेलमा आइतबार जिम्बावेविरुद्ध खेल्न लागेको हो । सो खेल नेपाली समय अनुसार आइतबार अपरान्ह १२ः ४५ बजेबाट सुरु हुनेछ ।

नेपाल आफ्नो पहिलो खेलमै घरेलु तथा टेस्ट टोली जिम्बाबेलाई स्तब्ध पार्ने उद्देश्यसहित मैदानमा उत्रनेछ । अभ्यास खेलमा पराजय भोगिरहेको चोट बिर्सेर नेपाली टोलीले आज जिम्बाबेलाई घरेलु मैदानमा स्तब्ध पार्ने दाउ राखेको छ ।

खेलबारे नेपाल क्रिकेट स‌ंघले भनेको छ, ‘राइनोज (नेपाल) ले आफ्नो अन्तिम अभ्यास सत्र पूरा गरी आईसीसी विश्वकप छनोटका लागि तयार भएका छन् ।

बिज्ञापन