‘गौतम बुद्ध विमानस्थललाई हवाई रुट दिन भारत सकारात्मक’

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई रुट दिन भारत सकारात्मक रहेको बताएका छन् ।
मंगलबार योग दिवसका अवसरमा लुम्बिनीमा आायोजित कार्यक्रममा बोल्दै उनले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई रुट दिन भारत सकारात्मक रहेको बताएका हुन् ।

उनले भने, ‘हवाई रुटबारे छलफल सकारात्मक दिशामा अघि बढिरहेको छ । छलफलको नतिजा पनि सकारात्मक नै आउने छ भन्ने आशा गरेको छु।’
दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अघि बढाउन आवश्यक रहेको बताउँदै भारतले त्यही अनुसार काम गरिरहेको उनको भनाइ थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
