घटना

अमेरिकाको टेक्ससमा सवारी दुर्घटना : दुई नेपालीको मृत्यु, चार घाइते

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अमेरिका, असार ५ गते । टेक्ससस्थित टाइलरमा शनिबार भएको सडक दुर्घटनामा परी दुईजना नेपालीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । उहाँहरू सवार पिकअपलाई ट्रकले ठक्कर दिएको थियो ।

दुर्घटनामा परी ३४ वर्षीय सिर्जन ज्ञवाली र ११ वर्षीय बालक इमेज कार्कीको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी दिनेश कार्की, गङ्गा कार्की, इभान कार्की र सिजन प्याकुरेल घाइते हुनुभएको हो । प्याकुरेलको अवस्था सामान्य रहे पनि अन्य तीन जनाको अवस्था भने गम्भीर रहेको जनाइएको छ ।

बिज्ञापन

प्रहरीका अनुसार उहाँहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मृतक इमेज टेक्ससमा व्यवसाय गर्दै आउनुभएका दिनेश र गङ्गाका छोरा हुनुहुन्छ भने भने मृतक ज्ञवाली कार्की परिवारको स्टोरमा काम गर्दै आउनुभएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।