सुनको भाउ प्रतितोलामा ४ सय रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज साताको पहिलो दिन पहेँलो धातु सुनको भाउ सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ शुक्रबारको तुलनामा आज ४ सय रुपैयाँले बढेको हो ।
महासङ्घका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ६५० रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ८ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ३ सय रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य समेत बढेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
