राष्ट्रिय समाचार

भाटभटेनीका सञ्चालक गुरुङ पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । गुरुङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले मंगलबार निवासबाटै पक्राउ गरेको हो । उनलाई पक्राउ गर्नुको कारणबारे प्रहरीले खुलाइसकेको छैन ।

यद्यपि ठगी आरोपमा हुन सक्ने स्रोतको भनाइ छ । संकटग्रस्त सहकारीमा समेत गुरुङको संलग्नता देखिएको बताइएको छ ।

बिज्ञापन

गुरुङलाई ललिता निवासको जग्गा हिनामिना प्रकरणको पनि अभियोग थियो । मालपोत कार्यालयका केही कर्मचारीसँगको मिलेमतोमा जग्गा खरिद गरेको आरोप लागेका उनी २०७७ सालमा विशेष अदालतले  २ करोड धरौटी मागेपछि सो बराबरको बैंक ग्यारेण्टी बुझाएर उनी छुटेका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।