शिव शिखर बहुउद्देश्यीय सहकारीका पूर्वअध्यक्ष शर्मा मुम्बईबाट पक्राउ
लोक कल्याणकारी विज्ञापन

काठमाडौँ– शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मा भारतको मुम्बईबाट पक्राउ परेका छन् ।
शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गएराति पक्राउ गरेको हो ।
बिज्ञापन

उनीमाथि निक्षेपकर्ताहरूको १४ अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ ।
जम्मा गरेको रकम फिर्ता नपाएपछि निक्षेपकर्ताहरूले सहकारी विभाग र प्रहरीमा उजुरी दिएका थिए । फरार रहेका शर्मालाई गोप्य सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनको सहकारीबाट करिब १ लाख पीडित रहेको बताइएको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
