ट्विटर प्रयोगकर्ताले अब सिमित मात्र समाचार पढ्न पाउने
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । ट्विटरका मालिक एलोन मस्कले ट्वीट पोस्ट पढ्ने सीमा तोकेका छन्।
मस्कले शनिबार एक पोष्ट सार्वजनिक गर्दै ट्विटरमा दैनिक सिमित मात्र समाचार पढ्न पाउने सीमा तय गरेको जानकारी दिएका हुन् । उनले ‘भेरिफाईड प्रयोगकर्ताले अब एक दिनमा १० हजार पोष्ट मात्र पढ्न सक्ने बताएका छन् । त्यस्तै अप्रमाणित प्रयोगकर्ताले १ हजार पोष्टहरू र नयाँ अप्रमाणित प्रयोगकर्ताहरूले दैनिक ५ सय पोस्ट मात्र पढ्न पाउने बताए ।
बिज्ञापन

शनिबार धेरै प्रयोगकर्ताहरूले ट्विटरले काम नगरेको गुनासो गरेपछि राति एलोन मस्कले ट्वीटरको प्रयोग सीमितता गर्ने घोषणा गरेका हुन् ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
