राष्ट्रिय समाचार

देशभरका कानून व्यवसायी आन्दोलित, आज बहस बहिष्कार गर्ने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडाैं – ललितपुर जिल्ला अदालतमा कार्यरत कर्मचारीलाई कुटपिट गरेको आरोपमा कानुन व्यवसायीलाई पक्राउ गरिएको विरोधमा आज देशभर बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस नगर्ने नेपाल बार एशोसिएशनले जनाएकाे छ।

बारका अध्यक्ष गोपालकृष्ण घिमिरले आइतवार जारी गरेको प्रेस विज्ञप्तिमा असार १८ गते देशैभरिका अदालतहरूमा बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने उल्लेख छ ।

बिज्ञापन

जिल्ला अदालत ललितपुर अदालतमा कार्यरत नासु प्रेमिका तामाङलाई हातपात गरेको आरोपमा कानून व्यवसायी अमिर लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ। कानुन व्यवसायीहरुको छाता संगठन बारले सो घटनाको विरोधमा आजदेखि अर्को निर्णय नभएसम्मका लागि अदालती प्रक्रियामा सामेल नहुने र बहस–पैरवी नगर्ने निर्णय गरेको हो।

सोहीअनुसार बारका विभिन्न जिल्ला समितिहरुले इजलास बहिष्कार गर्ने निर्णय गरेका छन्।

बारले थुनामा रहेका अधिवक्ता लामिछानेलाई २४ घण्टाभित्र रिहा गर्नुपर्ने, सिसी टिभी फुटेज सार्वजनिक गर्नुपर्ने, लामिछानेले दिएको जाहेरी दर्ता गर्नुपर्ने समेत गरेको छ।

असार १३ गते जिल्ला अदालत ललितपुरमा नासु तामाङलाई काम गरिरहेको अवस्थामा लामिछानेले आक्रमण गरेको भन्दै विरोधस्वरुप देशभरका अदालतका कर्मचारीहरूले आन्दोलनस्वरूप आइतवार ३ घण्टा काम नगरी विरोध जनाएका थिए । लामिछानेविरुद्ध नासु तामाङले घटना भएकै दिन जिल्ला अदालत ललितपुरमा अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै निवेदन दिएपछि अधिवक्ता लामिछानेलाई पक्राउ गरिएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।