घटना समाचार

खुकुरी प्रहार गरी बुहारीको हत्या

बिज्ञापन

इलाम, असार १९ गते । इलामको माई नगरपालिका –३ मा जेठाजुले खुकुरी प्रहार गरी बुहारीको हत्या गरेका छन् ।

बिज्ञापन

३९ वर्षीय जेठाजु सन्तोष खातीले सोमबार बुहारी २३ वर्षीया अमृता खातीको दायाँ हातको पाखुरा र घाँटीको पछाडि गर्धनमा खुकुरी प्रहरी गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

खुकुरी प्रहारबाट गम्भीर घाइते हुनुभएको अमृतालाई उपचारका लागि झापाको विएण्डसी अस्पतालमा लगिएको थियो ।

उपचारकै क्रममा मङ्गलबार दिउँसो अमृताको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न जेठाजु सन्तोष भने फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन