Sudur Pradesh News

सुदूरपश्चिममा कृषिमन्त्रीको नियुक्ति कहिले हुन्छ ?

बिज्ञापन

कैलाली । नयाँ सरकार गठन भएको ६ महिना बितिसक्दा पनि सुदूरपश्चिम प्रदेश सरकारमा अहिलेसम्म भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा मन्त्री नियुक्त हुन सकेका छैनन् ।

बिज्ञापन

पुस २७ गते एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । त्यो बेला माओवादीका खगराज भट्ट र एमालेकै सन्तोष शर्मा थापा बिना विभागीय मन्त्रीमा नियुक्त भए ।

त्यसलगत्तै कांग्रेस संसदीय दलका नेता कमल शाह मुख्यमन्त्रीमा नियुक्त भए । उनले पनि सबै मन्त्रालयमा मन्त्री नियुक्त गरिसकेका छन् । तर, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय आफ्नै मातहतमा राखेका छन् ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय नागरिक उन्मुक्ति पार्टीको भागमा परेको छ । तर, नागरिक उन्मुक्तिले २ मन्त्रालय नपाउँदासम्म सरकारमा नजाने अडान राखिरहेको छ । नागरिक उन्मुक्तिको अडानका कारण अहिले सम्म कृषि मन्त्रालयमा मन्त्री नियुक्त हुन नसकेको सरकारको जवाफ छ ।

यता नागरिक उन्मुक्ति पार्टी अझै पनि एक मन्त्रालयमा मात्रै सरकारमा नजाने बताएको छ ।

‘हामीले यस अघि नै भनिसकेका छौँ एक मन्त्रालयमा मात्रै हामी सरकारमा जाने पक्षमा छैनौँ’ नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता रामेश्वर चौधरीले भने ‘हामीले यस विषयमा २० गते पछि निर्णय गर्छौ । तर,एक मन्त्रालयमा मात्रै हामी सरकारमा नजाने निर्णय गरेका छौँ ।’

अहिले कांग्रेस नेतृत्वको सरकारमा माओवादीका २ र कांग्रेसका १्१ मन्त्री छन् । यस अघि आन्तरिक मामिला तथा कानुन मन्त्री कांग्रेसका पृथ्वी बहादुर सिंह थिए । उनको सडक दुर्घटनामा ज्यान गएको छ । अहिले प्रदेशमा आन्तरिक मामिला तथा कानुन मन्त्री र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा मन्त्री छैनन् ।

यस अघि नागरिक उन्मुक्ति पार्टीले सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा दाबी गरेको थियो । अहिले सामाजिक विकास मन्त्रालय माओवादी केन्द्रले पाइसकेको छ ।

दुई मन्त्रालय नपाए सम्म सरकारमा नजाने नागरिक उन्मुक्ति पार्टीको अडानका कारण झै केही समय भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले विभागीय मन्त्री नपाउने सम्भावना बढि छ ।

किसानलाई मल बीउको अभाव हुँदा विभागीय मन्त्रालयमा मन्त्री नहुँदा किसानहरूलाई समेत समस्या परेको छ ।

बिज्ञापन