राष्ट्रिय समाचार

सहकारीको रकम हिनामिना गर्ने व्यक्ति निर्वाचनमा उम्मेद्वार हुन नपाउने प्रस्ताव

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । अबदेखि सहकारीको रकम हिनामिना गर्ने व्यक्ति निर्वाचनमा उम्मेदवार हुन नपाउने भएको छ । निर्वाचन आयोगले सहकारी संस्थामा रहेर रकम हिनामिना गरेको व्यक्तिलाई समेत उम्मेदवार हुनबाट रोक्न प्रस्ताव गरेको छ ।

‘निर्वाचनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा सहकारीको रकम हिनामिना गर्ने व्यक्ति निर्वाचनका लागि अयोग्य हुने प्रस्ताव गरिएको हो ।

बिज्ञापन

प्रस्तावित विधेयकमा उम्मेदवारको अयोग्यतासम्बन्धी प्रावधानमा ‘कुनै सहकारी संस्थाको सञ्चालक पदमा रही प्रचलित कानुन विपरीत आर्थिक हिनामिना गरी त्यस्तो सहकारी संस्थालाई हानि नोक्सानी पुर्याएको व्यक्ति उम्मेदवार हुन पाउने छैन भन्ने उल्लेख छ । यस्तै, प्रचलित कानुन बमोजिम कर भुक्तानी नगरेको व्यक्ति पनि निर्वाचनका लागि अयोग्य हुनेछन् ।

सोमबार आयोगको बैठकले निर्वाचन व्यवस्थापनसम्बन्धी छरिएका कानुन एकीकरण तथा पछिल्लो समय चुनावका क्रममा उठेका कानुनी अस्पष्टतालाई स्पष्ट गरेर एकीकृत कानुनको विधेयक स्वीकृत गरेको छ ।

विधेयक गृह मन्त्रालयमार्फत संसद्मा पेस हुने आयोगले जनाएको छ  । दुवै सदनमा छलफल तथा संशोधन भई विधेयक पारित भएपछि मात्र ऐनका रूपमा लागू हुनेछ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।