राजनीति

भन्सारका कर्मचारी भागाभाग

बिज्ञापन

काठमाडौं । कर्मचारीको आकर्षक गन्तब्य बनेको विमानस्थलस्थित भन्सार कार्यालयमा यतिबेला भागभाग चलेको छ । राजश्व अनुसन्धान विभागले एकैपटक ४२ कर्मचारीलाई बयानका लागि बोलाएपछि आतंक मच्चिएको हो ।

बिज्ञापन

एयरलाइन्सको नक्कली बिलका आधारमा भन्सार जाँचपास गरेर भन्सार छली गरेको भेटिएपछि त्यसमा संलग्न सबै कर्मचारीहरु छानबिनमा तानिएका हुन् । गत साता विभागले ४२ जनालाई बयानमा बोलाउँदै पत्राचार गरेको हो ।

शिवबुबा बिजनेश लिंक नामक कम्पनीले यसरी नक्कली बिल बनाएको हो । सो कम्पनीका सञ्चालकसँग विभागले बयान लिइसकेको छ । मुद्दा चलाउनुअघि कर्मचारीको पनि बयान लिन लागिएको हो । आफुहरुमाथि पनि मुद्दा चल्ने डरले कर्मचारीहरु त्रसित भएका छन् । यही बेला राजश्व अनुसन्धान विभागका महानिर्देशक फेरिएपछि उनीहरुलाई केही राहत भएको छ ।

कसैको सिफारिस नमानेको भन्दै महानिर्देशक नारायण सापकोटालाई चार महिनामै हटाइएको छ । व्यापारीहरुको दबाबमा उनलाई हटाइएको स्रोत बताउँछ । प्रधानमन्त्री कार्यालयका नवराज ढुंगाना हाल विभागको महानिर्देशक बनेका छन् ।

त्यसो सुन तस्करी प्रकरणमा पनि एयरपोर्ट भन्सारका हाकिमहरु छानबिनमा छन् । नासु रेवन्त खड्कालाई सात हप्ताअघि नै प्रहरीले पक्राउ गरेको थियो । उनले नौ किलो सुन तस्करी गरेका थिए । यसमा भन्सार प्रमुख अरुण पोखरेल लगायतमाथि पनि छानबिन जारी छ । अनेक काण्डमा पर्दा पनि पोखरेलको त्यहाँबाट सरुवा भएको छैन ।

बिज्ञापन