हवाई भाडा घट्यो, यस्तो छ नयाँ दर (सूची)
बिज्ञापन
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा घटाएको छ । घटेको भाडादर भोलिदेखि लागू हुने भएको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा घटेको हो ।
बिज्ञापन
आजैबाट लागू हुने गरी आन्तरिकतर्फ १४ रूपैयाँले हवाई इन्धनको मूल्य घटेको थियो । न्यूनतम ६० रूपैयाँदेखि अधिकतम ७५० रूपैयाँसम्मले हवाई भाडा घटेको क्यानले जनाएको छ ।
विराटनगर नेपालगञ्जजको भाडा ७५० रुपैयाँले घटेको हो । योसँगै यसतर्फको रुटमा ७ हजार ३ सय ५ रुपैयाँ भाडादर कायम गरिएको छ । काठमाडौ-धनगढी ६१५ रूपैयाँले घटेको छ । पोखरा-भद्रपुरको भाडा ५७० रूपैयाँले घटेको छ । विराटनगर-भैरहवा ५५० रूपैयाँ घटेको छ ।
बिज्ञापन
You must be logged in to post a comment.