स्वास्थ तथा सरसफाइ

राजविराजस्थित गजेन्द्रनारायण अस्पताल डुबानमा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । सप्तरीको राजविराजमा रहेको गजेन्द्रनारायण अस्पताल डुबानमा परेको छ । मंगलबार रातिबाट सप्तरीको राजविराजसहित जिल्लामा अत्यधिक वर्षा भइरहँदा अस्पताल डुबनामा परेको हो ।

पानीको निकास नहुँदा अस्पताल क्षेत्रमा रहेको ओपिडी, एक्सरे, औषधि पसल र आवास डुबानमा परेको छ । जिल्लाका विभिन्न भूभाग डुबानमा परेको छ । अत्यधिक वर्षाका कारण सप्तकोशी नदीसहित अन्य नदीहरूमा बहाब बढेको छ । वर्षाको पानीको निकास नहुँदा ग्रामीण क्षेत्रका घरहरू डुबानमा परेका छन् ।

बिज्ञापन

यसैबीच जिल्ला प्रशासन कार्यालय सप्तरीले निरन्तर वर्षा भइरहेकाले होचो स्थानमा डुबान तथा बाढीको सम्भावना रहेकाले विशेष सर्तकता अपनाउन अनुरोध गरेको छ ।

बाढी तथा डुबानको कुनै घटना भए स्थानीय विपद व्यवस्थापन समिति वा नजिकको सुरक्षा युनिटलाई खबर गर्न समेत प्रशासनले आग्रह गरेको छ । निरन्तरको वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाब बढ्न थालेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।