राजनीति

प्रधानमन्त्रीको आपत्तिजनक अभिव्यक्तिप्रति एमालेले संसदीय दलमा छलफल गर्ने, सदनमा जवाफ माग्ने तयारी

बिज्ञापन

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक-पटक दिल्ली गएको भन्ने अभिव्यक्तिबारे आपत्ति जनाउँदै बैठक बोलाएको हो ।

बिज्ञापन

बुधबार दिउँसो १:३० बजेको लागि बैठक बोलाइएको एमालेका सचेत महेश बर्तौलाले बताए ।

उनले भने, ‘प्रधानमन्त्रीजस्तो व्यक्तिले आफूलाई प्रधानमन्त्री बनाउन बाह्य व्यक्ति पटक-पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिनुहुन्छ । त्यो आपत्तिजनक छ । त्यो संसदकै पनि अपमान हो । प्रधानमन्त्री दिल्लीले होइन संसदले बनाउने हो ।’

उनले बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिसहित समसामयिक विषयमा छलफल हुने बताए । उनले आजै बस्ने प्रतिनिधिसभाको बैठकमा पनि यो विषयलाई गम्भिरतापूर्वक राख्ने बताए । यो विषयमा प्रधानमन्त्रीको जवाफ नआए संसदसम्म अवरोध हुनसक्ने संकेत गरे । यद्यपि, त्यसबारे दलको बैठकले निर्णय गर्छ ।

बिज्ञापन