सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा बाबु र छोराको मृत्यु

सल्यान । दाङको तुलसीपुरबाट रोल्पाको दलसिंगे जाँदै गरेको यात्रुवहाक बसमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ । आज (बिहीबार) सल्यानको राप्ती राजमार्गको चोर खोला नजिकै रा १ ख ८३४ नम्बरको बस गुडिरहेको अवस्थामा करेन्ट प्रवाह हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
प्रत्यक्षदर्शीका अनुसार बुधबार राति आएको वर्षा र हावाहुरीले सडक छेउको बिजुलीको तारमा रुख ढलेको र तार तल झोल्लिएका कारण सडकबाट बस पार हुँदा बिजुलीको तारमा छोइएर बसमा करेन्ट प्रवाह भएको थियो ।

घटनामा रोल्पाको दलसिंगेका कालुराम डाँगी र टोपीलाल डाँगीको मृत्यु भएको सल्यानका सीडिओ वेदप्रसाद खरेलले जानकारी दिए । उनीहरु दुवै जना बाबु र छोरा हुन् । बसमा २५ जना यात्रु सवार रहेको जनाइएको छ ।
उक्त घटनाकै कारण यतिबेला यहाँको बाटोमा यातायात अवरुद्ध भएको छ । प्रहरीले बाटो खुलाउने प्रयास गरिरहेको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
