मीनबहादुरको रिट हेर्न नमिल्नेमा, हिरासतको बास लम्बियो

काठमाडौँ– ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुझिएका
भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले दर्ता गरेको बन्दीप्रत्येक्षीकरणको रिट हेर्न नमिल्नेमा राखिएको छ ।

उक्त रिट न्यायायाधीश कुमार रेग्मीको इजलासमा परेका कारण हेर्न नमिल्नेमा परेको हो ।
न्यायाधीश रेग्मी पनि ललिता निवास जग्गा प्रकरणमा मुछिएका छन् । उनले गुरुङसँग खरिद गरेको ११ आना जग्गामध्ये साढे ९ आना बिक्री गरिसकेको पाइएको छ । र, बाँकी रहेको साढे १ आना जग्गा ‘सरकारलाई फिर्ता गरेका’ कारण उनी सो प्रकरणबाट बाहिर छन् ।
रेग्मी न्यायाधीश हुनुअघि गुरुङका कानुनी सल्लाहकार थिए । सोही कारण न्यायाधशि रेग्मीले उक्त रिट हेर्न नमिल्नेमा राखेका हुन् । सर्वोच्च अदालतमा अहिले गोला प्रथाबाट मुद्दा हेर्ने न्यायाधीश तय गरिन्छ ।
अब यो रिट आज हेर्न नमिलेपछि गत असार ११ देखि प्रहरी हिरासतमा रहेका गुरुङसहितका अभियुक्तको हिरासत बसाइ थप लम्बिने भएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
