सुदूरपश्चिम प्रदेश

धनगढीमा एक महिलासहित दुई जना मृत्य भेटिए

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः कैलाललीको धनगढीमा एक महिला र एक पुरुष मृत्य भेटिएका छन्। कैलाली प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरमा २६ वर्षीया गंगा भट्ट र २८ वर्षिय तोयनाथ ओझा मृत भेटिएका हुन्। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दका अनुसार तारानगरमा डेरा गरी बस्ने गंगा झुण्डिएको अवस्थामा बेहोस भेटिएपछि उनका श्रीमानले सेती प्रादेशिक अस्पताल पुगाएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। उनी कञ्चनपुरको भीमदत्त नगरपालिका–९ घर भएर धनगढीमा श्रीमानसँगै बस्दै आएकी थिइन्। उनका दुई जना छोराछोरी छन्। तोयनाथ पनि आफु सुत्ने कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्।

बिज्ञापन

ओझालाई मृत भेटाएपछि प्रहरीलाई खबर गरिएको थियो। मृत भेटिएका भट्ट र ओझाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। दुवै जना मृत भेटिएको घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।