राष्ट्रिय समाचार

‘रेमिट्यान्सलाई मात्र जोड दिँदा मुलुक दुर्घटनामा पर्न सक्छ’

बिज्ञापन

काठमाडौं । सांसदहरूले वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरूलाई देशभित्रै रोजगारीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

बिज्ञापन

शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा अधिकांश सांसदहरूले मुलुकभित्रै रोजगारीको व्यवस्था गर्न सरकारसँग माग गरे ।

पछिल्लो समय मुलुकभित्र युवा जनशक्ति भन्दा पनि बुढाबुढीहरूको संख्या बढेको सरकारी तथ्याङ्कले देखाएको उनीहरुको भनाई थियो । सांसदहरूले सरकारले सधैँ वैदेशिक रोजगारीलाई मात्रै प्राथमिकता दिएर रेमिट्यान्स भित्र्याउने प्रयास गर्दा भविष्यमा मुलुक दुर्घटनामा पर्न सक्ने बताए । वैदेशिक रोजगारीमा जाने युवाहरूलाई देशभित्रै कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने विषयमा सरकार गम्भीर हुनुपर्ने उनीहरुले बताए ।

नेकपा (एमाले)का सांसद लालप्रसाद साँवा लिम्बूले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको विदेश जानु भन्दा अघि सिप प्रमाणपत्र बनाउने वातावरण सरकारले बनाउनुपर्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सरकारले वर्षैपिच्छे वैदेशिक रोजगारीलाई प्राथमिकता दिन नहुने बताए । उनले मुलुकभित्रै युवाहरूलाई रोजगारी सिर्जना गर्ने वतावारण सरकारले बनाउनुपर्ने बताए ।

सांसद रामशंकर यादवले विदेशमा दुःख काट्ने नेपालीहरूलाई नेपालमा नै व्यवस्थित गर्न आवश्यक रहेको बताए । वैदेशिक रोजगारीमा जानका लागि ऋण लिँदा नै मिटर ब्याजीहरूको जन्म भएको उनको भनाई थियो ।

बिज्ञापन