राष्ट्रिय समाचार

पशुपतिमा जलहरी प्रकरण : बढार्ने क्रममा भेटियो थप ४३ तोला सुन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ– पशुपतिनाथ मन्दिर थप ४३ तोला सुन भेटिएको छ ।

जलहरी राखिएको गर्भगृहको भुइँको भाग खोतलेर बढार्ने क्रममा आज उक्त परिमाणको सुन भेटिएको हो ।  

बिज्ञापन

पशुपतिको गर्भगृहमा १०७ केजी ९२४.७४ ग्राम सुनबराबरको जलहरी केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा लगाइएको थियो । माओवादी केन्द्रका सांसदहरूले त्यसमा अनियमितता भएको भन्दै संसद्मा कुरा उठाएका थिए । १० केजी सुन कम राखिएको उनीहरूको दाबी थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलहरी निकालेर जोख्दा करिब आधा केजी सुन नपुगेको पाइएको थियो ।

सुनको हिसाब नमिलेपछि अहिले अख्तियारले थप छानबिन गरिरहेको छ ।

यहीक्रममा गर्भगृहमा थप ४३ तोला सुन भेटिएको पशुपति क्षेत्र विकास कोषका एक सदस्यले बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।