अर्थ

बैंक तथा वित्तीय संस्थाले छिट्टै ब्याजदर घटाउनेछन् : अर्थमन्त्री महत

बिज्ञापन

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाले छिट्टै ब्याजदर घटाउने बताएका छन् । बैंक तथा वित्तीय संस्थाले चर्को ब्याजदर असुल गरिरहेको गुनासाबीच उनले यस्तो आश्वासन दिए ।

बिज्ञापन

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले चर्को ब्याजदर घटाउनका लागि आफूले नेपाल राष्ट्र बैंकलाई भनेको भन्दै आउँदो आर्थिक वर्षको मौद्रिक नीतिमा यो विषय सम्बोधन भएर आउने बताए ।

अर्थमन्त्री डा. महतले कोरोनालगायत समस्याका कारण मारमा परेका उद्योगी, व्यवसायीलाई बैंकको ब्याजदर घट्दा ठूलो राहत हुने बताए । ‘यो अहिलेको जुन ब्याजदर छ, त्यो ज्यादा छ । त्यसकारण यो पोलिसी रेट घटाउने र यो पुनर्ताजकीकरण गर्नका लागि पनि त्यो सुविधा दिनुपर्छ भन्ने कुरा पनि मैले नेपाल राष्ट्र बैंकमा राखेको छु, सायद केही न केही सम्बोधन होला’, उनले भने ।
उनले भने, “त्यसले गर्दाखेरि यो ब्याजदर घटेर त्यसबाट पनि जो ऋण लिएर ठूलो लगानी यो क्षेत्रमा भएको छ, केही न केही राहत पुग्नेछ भन्ने मलाई लागेको छ ।’

बिज्ञापन